नियम ३९
घुम्ती सेवा सञ्चालन
: (१) मन्त्रालयले प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरी ऐनको दफा ५९ बमोजिम अपाङ्गता भएका व्यक्तिले पाउने सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन आवश्यकता अनुसार घुम्ती सेवा सञ्चालन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सञ्चालन हुने घुम्ती सेवाको अवधि तथा उपलब्ध हुने सेवाका सम्बन्धमा प्रदेश सरकारको सम्बन्धित मन्त्रालय र स्थानीय तहले त्यस्तो सेवा सञ्चालन हुने कम्तीमा पन्ध्र दिन अघि विभिन्न सञ्चार माध्यमबाट सूचना प्रवाह गर्नु पर्नेछ।